मनसुन तथा पानि पर्ने मौसम मा ज्याकेट खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरु 


मनसुन तथा पानि पर्ने मौसम मा ज्याकेट खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरु 

अवश्य पनी पानी पर्ने  मौसम मा पुर्ण रुपमा पानी छेक्ने खालको कपडा को प्रयोग गर्न सकिन्छ र यो हामि सबैले प्रयोग गर्दै आइरहेका छौ । तर सबै पानी छेक्ने खाल्को कपडा उपयुक्त हुन्छ भन्ने हुदैन । बलियो तथा प्रभाबकारी ज्याकेटको विषेशता कस्तो हुनुपर्छ , कस्तो खालको कपडा हूनुपर्छ ,डिजाइन कस्तो हूनुपर्छ ,यसमा प्रयोग गरिएका कच्चा  बस्तु हरूको गूणस्तर कस्तो हुनुपर्छ् जस्ता कुरामा बिचार पुर्याउदा केहि हद सम्म ठगिन वाट जोगिन सकिन्छ । 

कपडा को गुणस्तर

सामान्यतया हावापानि छेक्ने कपडा लाइ गोर्-टेक्स भनिन्छ र यो भित्र पनि ३ फरक खालको विषेशता हुन्छ। तर जुनसुकै तेस्ता खालको कपडा ले पानि छेक्छ । तेस्ता कपडा को भित्रि चाहि सेतो रङ् ले लिपिएको हुन्छ। कपडा साधारण भन्दा थोरै बाक्लो हुदा बलियो पनि हुने गर्दछ ।





कच्चा पदार्थ को गुणस्तर
यँहा कच्चा पदार्थ भन्नाले पुर्ण रुपमा तयार भएको ज्याकेट मा प्रयोग हुने जीपर,रनर ,लक, डोरी भन्ने बुझिन्छ। ती हेर्दा साना भए पनि गुनस्तरिय ज्याकेट बन्नमा ठुलो भुमिका रहन्छ। ती बस्तुहरु साइजमा ठुलो अनी चिप्लो तथा टल्किने खालको हुनुपर्छ । जीपर ठुलो दात भएको हुनुपर्छ । 






डिजाइन तथा विषेशताहरु 

सामान्यतया मनसुन मा लगाउने ज्याकेट को सरल तथा थोरै जोडेको हुनुपर्छ ।   धेरै जोड भएको ज्याकेट मा धेरै सिलाइ हुनेहुदा पाानि छिर्न सक्ने सम्भावना हुन्छ। साथै प्रत्येक सिलाइको भीत्रपट्टि तेप गरेको हुनुपर्छ जुन बाहिर बाट पनि प्रतक्ष रुपमा देख्न सकिन्छ । पानी तथा बर्शात बाट टाउको जोगाउन को लागि टोपिको साइज ठुलो तथा डोरिको मद्दतले सानो तथा ठुलो बनाउन मिल्ने हुनुपर्छ । अगाडि को जिपरलाई छोप्न फ्लप् हुनुपर्छ साथै सबै पकेट को जीपर मथि पनि फ्लप् हुनुपर्छ । ज्याकेट को भित्रि भागहरू कपडा भन्दा नरम खालको जालि राखिएको हुनुपर्छ ।

                                  यसमा भित्रि तेप गरेको देख्न सकिन्छ । 
  

यसमा पकेटमा माथि बाट फ्लाप राखेको देख्न सकिन्छ 








Comments

Popular posts from this blog

TMG is for high quality outdoor and sports clothing and gear in nepal.

Backpacks for trekking and hiking in Nepal

Trekking and hiking Gear Nepal